• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

उत्तम सहकारी ठगी प्रकरण: थप साढे ५ करोड ठगी, १८ करोड पुग्यो बिगो

64x64
नेपाल लाइभ बुधबार, जेठ ३१, २०८०  १४:४०
1140x725

काठमाडौं– उत्तम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले थप साढे ५ करोड रुपैयाँ ठगी गरेको पाइएको छ। यसअघि १३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा यो सहकारीका सञ्चालकसहितविरुद्ध मुद्दा चलेको थियो। 

अहिले फेरि १०० बचतकर्ताको साढे ५ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको हो। १०० जनाको ५ करोड ६६ लाख ७५ हजार २५ रुपैयाँ ठगी भएको भन्दै जिल्ला अदालत काडमाडौंमा मुद्दा दायर भएको छ। 

यसअघि ४१५ जना बचतकर्ताहरुको १३ करोड ७ लाख ९७ हजार ६७ रुपैयाँ ठगी गरेको भन्दै गत चैतमा यो सहकारीका सञ्चालकसहित पदाधिकारीहरुविरुद्ध मुद्दा चलेको थियो। अहिले फेरि आफूहरु पीडित भएको भन्दै उजुरी दिएपछि थप एक सय जनाको साढे ५ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको खुलेको हो। 

काठमाडौं महानगरपालिका–३ बसुन्धारामा रहेको उत्तम सहकारीले ठगी गरेको आरोपमा सहकारीकी अध्यक्ष काठमाडौं महानगरपालिका–३ की ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र लमजुङको मध्य नेपाल नगरपालिका–९ घर भइ सहकारीकी सदस्य २५ वर्षीया शीला रानाभाट पक्राउ परेका थिए। अध्यक्ष श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो भने रानाभाट रिहा भएकी थिइन्। 

अहिले फेरि यी २ जनासहित पहिले नै फरार प्रतिवादी बनाइएकाहरु कोषाध्यक्ष लमजुङको सुन्दरबजार नगरपालिका–४ का ३८ वर्षीय दुर्गाराज न्यौपाने, सहकारीको सदस्य रहेकी काठमाडौं–१८ की ५४ वर्षीया ईश्वरी राजवाहक, सदस्य काठमाडौं–१६ बालाजुकी ४४ वर्षीया मन्दिरा राजवाहक, काठमाडौं–११ का ५५ वर्षीय बद्रीबहादुर जोशी र सचिव  उदयपुरकी ४० वर्षीया छत्रकुमारी धना मगरलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको छ। 

अहिलेसम्म यो सहकारीले ५१५ जनाको १८ करोड रुपैयाँ भन्दा बढी गरेको पाइएको छ। यसअघि ४१५ जना बचतकर्ताको १३ करोड ७ लाख ९७ हजार ६७ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता भएको थियो। अहिले फेरि १०० जनाको साढे ५ करोड रुपैयाँ भन्दा बढी गरेको भन्दै मुद्दा दर्ता भएको छ। 

१०० जनाबाट साढे ५ करोड ठगीको विवरण:

nimb
nimb

उनीहरुले आकर्षक ब्याजको प्रलोभन देखाउँदै रकम जम्मा गर्न लगाइ बचतकर्ताले बचत गरेको रकम लिएर फरार भएको उजुरीकर्ताले बताएका छन्।

जम्मा गरेको रकम निकाल्न जाँदा निकाल्न समेत नदिएको, जम्मा भएको रकम आफूखुसी विभिन्न ठाउँमा लगानी गरेर रकम अपचलन गरी ठगी गरेको पाइएको अनुसन्धानबाट खुलेको छ। 

उक्त सहकारीमा दैनिक १ हजार ८०० जना बचतकर्ताले रकम जम्मा गर्ने गरेका थिए। उनीहरुबाट दैनिक ६ लाख रुपैयाँभन्दा बढी रकम उठ्ने गरेको थियो। साथै निक्षेपकर्ताहरुले मुद्दती खाता समेत खोलेर २५ लाख रुपैयाँसम्म जम्मा गर्ने गरेका थिए। बचतकर्ताको उक्त रकम फिर्ता दिनुको साटो कर्जा लिन आएका व्यक्तिलाई कर्जा प्रवाह गर्ने र बाँकी रहेको रकम संस्थाको नाममा रहेको ग्लोबल आईएमईको खातामा जम्मा गर्ने गरेको पाइएको छ। 

यो पनि पढ्नुहोस

उत्तम सहकारीका बचतकर्ताको १३ करोड ठगी प्रकरण: अध्यक्षसहित २ जना पक्राउ, ५ जना अझै फरार

सहकारी नाफामा जाँदा उक्त रकम सञ्चालक समितिका सदस्यहरुले बिना धितो तथा बिना ब्याज २० लाखसम्म लैजाने गरेको अनुसन्धानबाट खुलेको छ। संस्था नाफामा गएको बेला बालुवाटार, माछापोखरी, नारायणस्थान र बसुन्धारा गरी ४ ठाउँमा उत्तम मार्ट समेत सञ्चालन गरेका थिए। 

पछि बिना धितो लगानी गरेको कर्जा समेत नउठ्ने र कोराना माहामारीका कारण मार्ट समेत घाटामा गएर सहकारी डुबेको पक्राउ गरेकी अध्यक्ष श्रेष्ठले प्रहरी समक्षको बयानमा बताएकी छिन्। 

पक्राउ परेका तथा फरार भएकाहरुले सहकारी ऐन, २०७४ को दफा १२२ को खण्ड (घ), (ङ) र (च) बमोजिमको कसुर गरेको भन्दै सोही अनुसारको कारबाहीको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इप्पानको ५ करोड ५ लाख ५० हजार सहयोग घोषणा
राहत तथा पुनर्स्थापनाका लागि रेड बुलद्वारा २ करोड सहयोग
बाढीपहिरोपछि १५२ मध्ये ९२ टेलिकम साइट सञ्चालनमा, ६० अझै बन्द
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इप्पानको ५ करोड ५ लाख ५० हजार सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
राहत तथा पुनर्स्थापनाका लागि रेड बुलद्वारा २ करोड सहयोग बिहीबार, भदौ ११, २०८३
बाढीपहिरोपछि १५२ मध्ये ९२ टेलिकम साइट सञ्चालनमा, ६० अझै बन्द बिहीबार, भदौ ११, २०८३
बाढीपीडितका लागि चेम्बरको राहत अभियान तीव्र, ड्रोन र पावर बैंक पठाइयो बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीपीडितका लागि अर्नाले ५१ लाख रुपैयाँ सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्