• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पुलका खाँबा मात्रै हेर्दैमा बिते आधा दशक

64x64
नेपाल लाइभ सोमबार, भदौ ११, २०७५  १३:१३
1140x725

दाङ– चालक गाडी चलाइरहेका हुन्छन् तर, तिनका मुटुले ठाउँ छोडिसकेको हुन्छ। गाडीमा सवार यात्रुको होस ठेगानमा हुँदैन। चालकले सकी नसकी गाडीको स्टेरिङ चलाइरहेको देख्नेहरूका मनमा प्रश्न उब्जन्छ, ‘चालकले गाडी चलाइरहेका छन् कि नदी?’ 

दाङको लमही–तुलसीपुर र घोराही–तुलसीपुर सडक खण्डको यो दैनिकीको श्रृंखला वर्षाैंदेखि चलेको हो। ती खण्डमा पर्ने नदीमा पुल निर्माणका लागि सम्झौता गरिएका ठेकेदार कम्पनीको लापरबाहीका कारण समयमै पूरा नहुँदा चालक र यात्रुहरूलाई पुलका खाँबा हेर्दै जोखिमपूर्ण यात्रा गर्नुको विकल्प छैन।

कालोपत्र गरिएको भए पनि सडकमाथिबाट नदी बग्ने भएकाले यसबाट गाडी गुडाउनु पर्दा चालकहरू यसलाई पानीमुनिको पुल भन्ने गर्छन्। चालकहरूले यस खण्डको बाटो असुरक्षित रहेकोे संकेत मात्रै पाएमा पनि इमिलियाको बाटो प्रयोग गर्ने गरेका छन्। 

गाडी बगाउने खतरा 
वर्षायाममा लमहीदेखि तुलसीपुर जाने क्रममा बाढी आउँदा बीचैमा रोकिनुपर्ने बाध्यता हुन्छ। ‘जोखिम मोलेर गाडी खोलामा हाल्नुपर्ने अवस्था छ,’लमही नगरपालिका २ निवासी सवारी चालक छेदुलाल चौधरीले भने। 

आँखा उपचार केन्द्र घोराहीमा कार्यरत नेत्र अधिकृत जोगीराम चौधरीले असारदेखि भदौ महिनासम्म साना गाडीमा आवतजावत गर्दा बगाउने खतरा भएकाले नदीको अवस्था हेरेर ठूला बसहरू चढेर जानुपर्ने बाध्यता यथावत रहेको बताए। धेरै पानी पर्दा ठूला गाडीहरू यस मार्गबाट ओहोरदोहोर गर्न सक्दैनन्। नेपाल नेत्रज्योति संघ दाङका सभापति तुलसीपुर–७ निवासी कृष्णकुमार गिरीले लमही–घोराही सडक खण्डमा पर्ने खोलामा समयमै पक्की पुल नबन्दा र उपयुक्त डाइभर्सन नहुँदा कष्टकर यात्रा गर्नुपरेको गुनासो गरे। 

घोराही–तुलसीपुर र घोराही–लमही सडक खण्डका खोलामा सवारीसाधन चलाउँदा चलाउँदा वाक्कै भएका अर्का चालक पूर्ण वलीले भने, ‘पुल निर्माणको काम गर्दा धेरै ठाउँमा पक्की सडक भत्काइएको छ, जसले गर्दा ती ठाउँमा खाल्डा देखापर्ने गरेका छन्। पानी परेको बेला ती खाल्डाले झन् जोखिम बढाउँँछन्।’

चालकहरूका अनुसार घोराही–तुलसीपुर सडक खण्डको खुर्जे र संक्राम खोलाका साथै घोराही–लमही सडक खण्डको कटुवाखोला र बबई नदीमा बढी जोखिम हुने गरेको छ। तर यसतर्फ सडक डिभिजन कार्यालय वा सम्बन्धित ठेकेदारले ध्यान नदिएको नागरिकहरूको गुनासो छ।

वर्षौंसम्म पनि पुल निर्माणको काम नगरी सर्वसाधारण जनतालाई दुःख दिने निर्माण व्यवसायीलाई राज्यले कारबाही गर्नुपर्ने माग उनीहरूले गरिरहेका छन्। ‘समयमै काम नगर्ने व्यवसायीलाई कारबाही गर्नेतर्फ कुनै निकाय लागेको छैन, हामीलाई निकै समस्या छ,’ अर्का चालक अर्जुन केसीले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

निर्माणको जिम्मा लिएपछि बहानाबाजी 
घोराहीको कटुवा खोला पुल निर्माणका लागि २०७१ भदौ ११ गते सम्झौता भएको थियो। वि.सं २०७४ असोज १० गतेसम्म पुल निर्माण गरिसक्ने गरी शंकरमाली निर्माण कम्पनीसँग सम्झौता भएकोमा निर्माण पक्षले प्राविधिक समस्या देखाउँदै काम पूरा गरेको छैन।

बबई नदीमा २०७५ साउन १६ गतेसम्म पुल निर्माण गरिसक्ने गरी २०७२ माघ १७ गते अनक/बज्रगुरु जेभी निर्माण प्रालिसँग भएको सम्झौता पनि लागू हुन सकेन। घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलामा पुल निर्माणका लागि शंकरमाली निर्माण कम्पनीसँग २०७४ भदौ ९ गतेसम्ममा काम सम्पन्न गर्ने गरी गत २०७१ भदौ ११ गतेका दिन सम्झौता भएको थियो। 

संक्राम खोलामा २०७५ वैशाख ४ गतेभित्र पुल निर्माण गर्न रौताहा कन्स्ट्रक्सन प्रालिसँग २०७२ माघ ५ गते सडक डिभिजन कार्यालयसँग सम्झौता गरिएकोमा निर्माण कार्य निकै सुस्त देखिएको छ। यता, घोराही–तुलसीपुर सडक खण्डको गुर्जे खोलामा बज्रगुरु कन्स्ट्रसन निर्माण प्रालिसँग पुल निर्माणका लागि २०७२ माघ १० गते सम्झौता भई २०७५ वैशाख १६ गते पुल निर्माण गरिसक्ने भनिएकोमा सो काम पनि असरल्ल छ।

यी पुल र सडकहरूको निर्माणको सम्पुर्ण काम केन्द्र सरकारकै जिम्मेवारीमा छ। घोराही–लमही सडक खण्डको बबई नदी पुल र घोराही–तुलसीपुर सडक खण्डको गुहारखोला, संक्राम खोला र गुर्जे खोलाको पुल निर्माणको अवस्था तुलनात्मक रुपमा सन्तोषजनक पाइएको डिभिजन सडक कार्यालय दाङले जनाएको छ।

Xtrem

Xtrem

कालिका कन्स्ट्रक्सनले निर्माण थालेको घोराही–तुलसीपुर सडक खण्डकै ग्वार खोलामा पनि प्रगति सन्तोषजनक रहेको बताइएको छ। 

मुख्यमन्त्रीको चासो 
लमही–तुलसीपुर खण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुर्जे, हापुर, पत्रे, संक्राम, ग्वार र कालाखोला गरी १० खोलाहरू रहेकामा बबई, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वार खोलामा पक्की पुल निर्माणको काम जारी छ। सिस्ने, सेवार, कालाखोलामा अझै पानीमा हेलिएर यात्रा गर्नुपर्ने बाध्यता छ।

सर्वसाधारण यात्रुलाई मात्र होइन प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र उच्चपदस्थ अधिकारीलाई पनि अधिकांश खोला र नदीमा पक्की पुल निर्माणको कार्य सन्तोषजनक लागेको छैन। दाङबाट निर्वाचित प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्माण कार्यमा भइरहेको ढिलाइ र लापरबाहीका कारण सर्वसाधारणले भोग्नुपरेको हण्डरका बारेमा सम्बन्धित निकायका अधिकारीसँग पटक पटक परामर्श गरिसकेका छन्।

मुख्यमन्त्री पोखरेलले हाल बजेटको अभाव नभएको तर, कामको जिम्मा लिने पक्षलाई समयमै काम सम्पन्न गर्न लगाउन केन्द्र सरकारले ताकेता गर्नुपर्ने प्रतिक्रिया दिए। उता सडक डिभिजन कार्यालय, दाङका इञ्जिनियर शेखर योगी भने पुलहरूको निर्माण नयाँ डिजाइन अनुरुप गर्नुपर्ने भएकाले केही ढिलाइ भएको ठहर्‍याउँछन्। 

‘ती सडक खण्डमा बन्ने सम्पूर्ण पुलहरूको नयाँ डिजाइन गर्ने काम भइरहेको छ,’ इञ्जिनियर योगीले भने, ‘नयाँ डिजाइनअनुसार पुल निर्माण गर्नुपर्ने तर, निर्माण अवधि कम भएकाले ढिलाइ भएको छ।’ उनका अनुसार कतिपय स्थानमा सरकारले निर्माण पक्षलाई समयमै बजेट नदिँदा काम अघि बढ्न नसकेको हो। 

डिभिजन सडक कार्यालयका अनुसार घोराही–लमही सडक खण्डको कटुवा खोलामा ४ करोड १० लाख, बबई खोलमा ११ करोड, घोराही–तुलसीपुर सडक खण्डको पत्रे खोलामा ५ करोड, गुर्जे खोलामा ८ करोड र संक्राम खोलामा ८ करोडमा पुल निर्माणका लागि सम्झौता भएको छ। २० करोडको लगानीमा ग्वार खोलामा पक्की पुल बनाउने काम सुरु भएको थियो। 

घोराही–लमही तथा घोराही–तुलसीपुर सडक खण्डका १० खोलामध्ये पाँच वटा पुल सडक डिभिजन कार्यालय र एउटा पुल चाहिँ पुल महाशाखाअन्तर्गत निर्माण भइरहेको छ। तर, निर्धारित समय कटिसक्दासमेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन। पुल निर्माणका लागि आवश्यक सामग्रीहरू भारतबाट ल्याउनुपर्ने भएकाले पनि काममा ढिलाइ भइरहेको इञ्जिनियर योगीको भनाइ छ। रासस
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०७५  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्