काठमाडौं– अर्थमन्त्री डा प्रकाश शरण महतले १०० किलोवाट माथिको विद्युतीय गाढी चढ्ने व्यक्ति आम नागरिक नरहेको दाबी गरेका छन्।
विद्युतीय गाडीमा कर बढाएपछि आलोचना खेपेका मन्त्री महतले उक्त टिप्पणी गरेका हुन्।
‘सर्वसाधारण चढ्ने गाडीमा कर बढायो भनियो। कुरा के हो भने १०० किलोवाटसम्म चढ्ने कोही पनि सर्वसाधारण होइनन्। यो अहिले पनि पेट्रोलीयम गाडीभन्दा तुलनात्मक रुपमा महंगो नै हुन्छ। उनीहरु आम नागरिक होइनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।