काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा गोरखा, डडेल्धुरा र नुवाकोटमा धेरै बजेट छुट्याइएको भन्ने आरोपमा कुनै सत्यता नरहेको अर्थमन्त्री डा प्रकाश शरण महतले बताएका छन्।
‘प्रधानमन्त्री, अर्थमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा मात्रै सारा बजेट गयो भन्ने कि? हुँदा हुँदै ४० प्रतिशत बजेट गयो कि भन्ने कुरा आए। त्यसमा कुनै सत्यता छैन। त्यो किताब हेरिपछि थाहापाइहाल्नु हुन्छ,’ मन्त्री महतले भने।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री महतले उक्त कुरा बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।