काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले मधेस प्रदेशमा कम बजेट विनियोजन गरेको भन्ने कुरा सत्य नरहेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन्। ‘मधेस प्रदेशमा रकम विनियोजन कम गरिएको छैन,’ मन्त्री महतले भने।
मन्त्री महतले पूर्व-पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज करिडोर, चन्द्रपुर-गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी-मरिण, बागमत-कमला-चन्द्र नहर लगायतका सिंचाइ आयोजना लगायत मधेस प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनाहरुमा उल्लेखनीय बजेट विनियोजन भएको बताएका छन्।
साथै, तराई-मधेस द्रुत मार्गमा उल्लेखनीय बजेट विनियोजन भएको र व्यापारिक तथा पूर्वाधार केन्द्रित आयोजना मधेस प्रदेशमा सञ्चालित रहेकाले मधेसमा कम बजेट गयो भन्नु ठिक नरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।