काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशीले गाँजा प्रतिबन्ध नगरे सहयोग नगर्ने बताएपछि गाँजामा प्रतिबन्ध भएको बताएका छन्। साथै, मेडिकल प्रयोजनका लागि पुन: प्रयोगमा ल्याउन सक्ने देखिएकाले अब खुला गर्नुपर्नेमा जोड गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बजेटमाथि उठेका प्रश्नको उत्तर दिँदै मन्त्री महतले उक्त कुरा बताएका हुन्।
‘जुन देशले हामीलाई यो रोक नभए सहयोग नै बन्द हुन्छ भने। उनीहरुकै कारण कानुन बनायौं र रोक्यौं,’ मन्त्री महतले भने, ‘अब यो बिग बिजनेस भएको छ। उनीहरु भने यसको फाइदा उठाइराख्ने, हामी पुरानै मानसिकतामा नबस्ने हो कि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।