काठमाडौं- संसदीय क्षेत्र विकास पूर्वाधारका लागि ५ करोड छुट्याएका अर्थमन्त्री डा प्रकाशशरण महतले यसको बचाउ गर्दै सम्बन्धित निर्वाचन क्षेत्रमा छुटेका योजनाहरुको विकासका लगिा विनियोजन गरेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री महतले उक्त दाबी गरेका हुन्।
‘संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रमलाई कोष–कोष–कोष भनेर सांसदहरुले आफ्नो गोजीमा राख्नलाई राखिएको हो भनेर प्रश्न उठाए, त्यो होइन। यो संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रम हो,’ मन्त्री महतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।