काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा सरकारले तय गरेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने दाबी गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री महतले उक्त दाबी गरेका हुन्।
‘आर्थिक वृद्धि दर र राजश्वको जुन लक्ष्य राखेका छौं, हामी त्यो लक्ष्य प्राप्त गर्न सक्छौं भन्ने विश्वास लिएका छौं। हामी त्यसका आधारमा काम गर्नु सुरु गरेका छौं,’ मन्त्री महतले भने, ‘यो लक्ष्य धेरै राखेका छैनौं। त्यो ६ प्रतिशतको लक्ष्य प्राप्त गर्न सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।