काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा रहेको करको दर कुनै पनि घरनालाई फाइदा पुग्ने गरी केन्द्रित नभएको बताएका छन्।
सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत निश्चित घरानालाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको आरोपलाई खण्डन गर्दै अर्थमन्त्री महतले प्रतिनिधि सभाको सोमबारको बैठकमा बजेटमाथि उठेको प्रश्नमा जवाफ दिने क्रममा उक्त दाबी गरेका हुन्।
‘कुनै एउटा लक्षित घरना, उद्योग तथा व्यक्तिमा केन्द्रित नगरेर समग्रमा यसको प्रभावले राजश्व वृद्धिको कोणबाट पनि र अर्थतन्त्रलाई चलायमान हुने कोणमा मात्र बजेट केन्द्रित भएको छ,’ मन्त्री महतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।