काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई बढवा दिन आयात गरिने उपभोग्य वस्तुमा भ्याट लगाउनु परेको बताएका छन्।
सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत विदेशबाट आयात गरिने उपभोग्य वस्तुमा भ्याट लगाउने घोषणा गरेपछि त्यसको चौतर्फी विरोध हुँदै गर्दा प्रतिनिधि सभाको सोमबारको बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएका हुन्।
‘उपभोग्य वस्तुमा भ्याट लाग्यो भन्ने कुरा उठेको छ तर यो आन्तरिक उत्पादनकर्ताहरुलाई संरक्षण गर्न ल्याइएको हो। हामी एकातिर भनिरहेका छौं कि आलु, प्याजहरु पनि विदेशीहरुबाट किनेर खाने? उत्पादनलाई प्रोत्साहन नगर्ने भनिरेहका छौं,’ मन्त्री महतले भने, ‘त्यसैले कर एउटा यन्त्र हो यसले हाम्रो उद्योग व्यवसायहरुलाई संरक्षण गर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।