काठमाडौं- बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन्। सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदैछ।
नेपालमा लगानी भित्र्याउने तथा ब्यापार प्रवर्द्धन लगायतका विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन्। बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो। तेस्रो शिखर सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।