काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटमा रुपान्तरणकारी नयाँ योजनाहरु नरहेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले उक्त टिप्पणी गरेका हुन्।
‘१ नम्बर पेजदेखि ९१ पेजसम्म पल्टाउँदा बजेटमा रुपान्तरणकारी नयाँ योजना भेट्न सकिएन। ३२ लाख बालबालिकालाई दिवा खाजा उपलब्ध गराइनेछ भनिएको छ। यो अपवाद बाहेक अरु नयाँ कुरा आएन्,’ सांसद पौडेलले भने, ‘म अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउन चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।