काठमाडौं– कालीकोटको शुभकालिका गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाकृ मृत्यु भएको छ।
शुभकालिका गाउँपालिका–६ को गविरामा शनिबार राति लु १ च ८४९८ नम्बरको गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा परी बोलेरो चालक सोही गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय हर्क विक, वडा नम्बर ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले गाउँपालिका–३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको हो।
बेउली–पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै गाउँपालिका कार्यालयतर्फ जाँदै गरेको बोलेरो गाडी राति १२ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटकका डिएसपी जयश्वर रिमालले जानकारी दिए।
दुर्घटनाको पूरा विवरण भने आइसकेको छैन। उद्धारका लागि प्रहरी निरीक्षक यज्ञराज जोशीको टोली घटनास्थल पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।