काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेका छन्। त्यसका लागि उनी शनिबार साँझ पशुपति पुगेको उनको सचिवालयले जानकारी दिएको छ।
1686405996.jpg)
प्रचण्डको साथमा मन्त्रीहरु प्रकाशशरण महत, एनपी साउद, शक्ति बस्नेत, सुदन किराती लगायतका मन्त्रीहरु पनि पशुपति पुगेका छन्। प्रधानमन्त्री प्रचण्डको छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाल पनि पशुपति पुगेकी छिन्।
1686405996.jpg)
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बेलामा उज्जैनको महाकालेश्वरको दर्शन र पूजाअर्चना गरेपछि नेपालमा चर्चा भएको थियो।
1686405995.jpg)
भारतबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनले आफूले नेपालमै पनि विभिन्न धर्मालम्बीको धार्मिक स्थलमा जाने गरेको बताएका थिए।
1686405994.jpg)
1686405994.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।