शुक्रबार प्रदेश सभा बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन
दाङ- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
लुम्बिनी प्रदेश सभाको शुक्रबार बसेको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको नीति तथा कार्यक्रम पढेर सुनाएका थिए।
नीति तथा कार्यक्रममा रोजगारदाता र रोजगार खोजीकर्ताबीच सम्पर्क सूत्रका रुपमा एकीकृत रोजगार पोर्टल विकास गर्ने, ‘सिकाउने, टिकाउने र श्रम बजारमा बिकाउने’ अभियानसहित प्राविधिक तथा व्यावसायिक शिक्षामा रुपान्तरण गरिने उल्लेख छ।
यस्तै, लुम्बिनी भ्रमण दशक मनाउने, बृहत् ‘बुद्ध सर्किट’ विकास गर्न र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न संघसँग समन्वय गर्ने साथै अन्तर्राष्ट्रिय करुणा तथा शान्तिकेन्द्र स्थापना गर्न अध्ययन गरिने उल्लेख छ।
‘बिरामी होइन स्वस्थ हुने प्रतिस्पर्धा गरौं’ भन्ने अभियान सुरुवात गरिनुका साथै ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रम संचालन गरिने विषय पनि नीति तथा कार्यक्रममा समावेश छ। सवारी दुर्घटना न्यूनीकरण गर्न ‘चालक सचेतना कार्यक्रम,’ ‘दुर्घटना न्यूनीकरणमा ट्राफिक विद्यार्थी सँगसँगै’ जस्ता सचेतनामूलक कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
हेर्नुहोस् लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।