काठमाडौं– पछिल्लो समय देशमा विप्रेषण (रेमिट्यान्स)को आप्रवाह बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह १३.४ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ७० करोड अमेरिकी डलर भित्रिएको देखिएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।
१० महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भइ ४ लाख २१ हजार २७९ पुगेको छ।
यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १० महिनामा ३.७ प्रतिशतले वृद्धि भइ २ लाख ३८ हजार ९७६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।