काठमाडौं- सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेस जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयसँग गाभ्ने निर्णयको विपक्षमा उभिएको छ।
सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा निर्वाचन आयोगलाई जिल्ला प्रशासन कार्यालयसँग गाभ्ने कुरा उल्लेख भएको थियो। तर नेपाली कांग्रेसले उक्त निर्णयको विपक्षमा रहेको बताएको छ। कांग्रेस महामन्त्री गगन थापाले यसअघि नै निर्वाचन आयोग स्वायत्व संस्था भएकाले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने भन्दै निर्वाचन आयोगलाई अलग्गै राख्न सुझाव दिएका थिए।
शुक्रबार जिल्ला निर्वाचन कार्यालय खारेजी लगायतका विषयमा निर्वाचन आयोगले राजनीतिक दलसँग गरेको छलफलका क्रममा कांग्रेसले जिल्ला निर्वाचन खारेजीको विपक्षमा उभिएको हो।
छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘निर्वाचन आयोगलाई छुट्टै कार्यालय बनाउनुपर्छ भन्ने कुरा मैले राखेको छु। पूँजीगत खर्चभन्दा प्रशासनिक खर्च बढी भयो। त्यसैले केही कार्यालयलाई गाँभ्ने कुरा अर्थमन्त्रीले गर्नुभएको थियो। त्यसमा जिल्ला निर्वाचन कार्यालय लगायत अन्य केही कार्यालय समेत परेका छन्। तर कार्यालय मर्ज गर्ने कुरा नेपाली कांग्रेसले चाहँदैन।’
उनले छरिएर रहेका निर्वाचन कानुनलाई एकीकृत गर्ने गरी आयोगले विधेयक तयार पारेको र त्यो विधेयकलाई सरकारमार्फत संसदमा लिएर पारित गर्न कांग्रेस तयार रहेको बताए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।