काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले अराजक गतिविधिलाई राज्य र सरकारले छुट दिन नसक्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलले कोशी प्रदेशमा आफ्ना नेता/कार्यकर्तामाथि आक्रमण बढेको भन्दै गृहमन्त्रीको जवाफ माग गरेपछि श्रेष्ठले उक्त कुरा बताएका हुन्।
उनले प्रतिनिधि सभामा जवाफ दिँदै भने, ‘कुनै पनि कोणबाट असंवैधानिक, अलोकतान्त्रिक, अशान्ति र ध्वंसात्मक प्रकृतिको गतिविधिलाई राज्य र सरकारले छुट दिन सक्दैन।’ उनले प्रदेश पहिचानको विषयलाई लिएर अराजक गतिविधि गर्नेहरुसँग सम्वाद र प्रशासनिक रुपमा विवाद समाधान गर्न सरकार लागि रहेको बताए।
गृहमन्त्री श्रेष्ठले प्रदेश सभा नै चल्न नदिने गरी प्रदेश सभा घेराउ कार्यक्रम भएको बताउँदै त्यसलाई पनि ठिक ढंगले आन्दोलनकारी भनिने शक्ति र नेतासँग वार्ता र सम्वाद गरेर शान्तिपूर्ण ढंगले नै आफ्ना गतिविधि गर्ने सम्झौतापश्चात निर्वाद ढंगले प्रदेश सभा सञ्चालन भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।