काठमाडौं- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख अमिक शेरचनले बिहान साढे ११ बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
लुम्बिनी प्रदेश सरकारले ‘हरेक घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ भन्ने नारासहित नीति तथा कार्यक्रम ल्याउन लागेको हो।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।