काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्पीडअनुसार आफूले काम गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बताएका छन्।
आफ्नो हल्ला गर्ने बानी नभएको तर स्पीड भने प्रधानमन्त्रीकै अनुसार काम गरेको दाबी उनको छ। प्रधामन्त्रीकै स्पीडअनुसार काम गरेकाले आफूलाई मन्त्रीबाट हटाउने भन्ने विषय अहिलेसम्म सत्य नरहेको उनले बताए।
बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी भएकाले मन्त्री मोदीलाई हटाउने कुरा बाहिरकाले त्यसको सत्यता के छ भन्दै प्रश्न गरिएको थियो। सो क्रममा मन्त्री मोदीले भने, ‘मन्त्री फेरिने कुरा, रहने कुरा प्रधानमन्त्रीको गर्ने निर्णयमा भर पर्छ। पद र प्रतिष्ठा भनेको कुन बेला जान्छ हामीले भन्ने कुरा पनि होइन। मैले अहिलेसम्म जसरी काम गरिरहेको छु प्रधानमन्त्रीको स्पीडअनुसार नै काम गरेको छु। जसकारण मलाई फिर्ता बोलाउनुहुन्छ जस्तो लागेको छैन।’
अहिलेको क्याबिनेटमा थारु समुदायको प्रतिनिधित्व गर्ने आफू एकमात्रै व्यक्ति पनि भएकाले बाहिर आएका कुराहरुमा सत्यता नरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।