काठमाडौं- राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेट अनुमान, अनुदान र ऋणमा आधारित रहेको टिप्पणी गरेका छन्।
२०८०/८१ को बजेटमाथिको छलफलमा सहभागी हुँदै बिहीबार लिङ्देनले उक्त टिप्पणी गरेका हुन्।
‘चालु आर्थिक वर्षको राजश्व असुलीलाई हेर्दा आगामी आर्थिक वर्षमा पनि लक्ष्य प्राप्ति हुन्छ भन्ने देखिँदैन। अनुमान, अनुदान र ऋणमा आधारित बजेट छ। यति उठ्ला, यति अनुदान पाइएला र यति ऋण लिउँला भनेको बजेट ठिक ठाउँमा खर्च गर्नुपर्छ,’ सांसद लिङ्देनको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।