जसपा अध्यक्ष उपेन्द्र यादव (फाइल तस्बिर)
काठमाडौं– सत्तारुढ गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
पार्टीले जेष्ठ २७ गते (शनिबार) बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो। विधान अधिवेशनको तयारी, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको नेताहरुले जनाएका छन्।
बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने छ। बैठकमा कोसी र मधेश प्रदेश सरकार र केन्द्र सरकारका मन्त्रीहरुको बारेमा पनि छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।