• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारको ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यमाथि सत्तापक्षकै सांसदलाई छैन  विश्वास

64x64
नेपाल लाइभ बुधबार, जेठ २४, २०८०  २०:३०
1140x725

काठमाडौं– सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट माथि प्रतिनिधि सभाको बुधबारको छलफलमा सहभागी हुने सत्तापक्षीय सांसदहरुले नै सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धि दर पूरा नहुने टिप्पणी भएका गरेका छन्।  

छलफलमा सहभागी हुँदै जसपा अध्यक्ष उपेन्द्र यादवले बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन्। उनले बजेट संविधानले परिकल्पना गरेअनुरुपको समाजवादउन्मुख नभएको बताएका छन्। यादवले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको बताए। 

यादवले बजेटले लक्ष्य अनुरुपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताएका छन्। 

‘बजेट समाजवादउन्मुख छँदै छैन। बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित रहेको छ। यस किसिमको बजेटले समाजवादउन्मुख बाटो पक्रन सक्दैन। समाजवादउन्मुख होइन समाजवाद विमुख रहेको छ। आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत हासिल गर्ने भनिएको छ। तर यो बजेटबाट ६ प्रतिशत वृद्धिदर हासिल गर्न असम्भव छ। यही तरिकाले अगाडि बढ्ने हो भने २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुन पनि सम्भव छैन।’

यस्तै सांसद यादवले यो बजेटले भ्रष्टचार नियन्त्रण गर्ने कुनै योजना पनि नल्याएको आरोप लगाएका छन्। ‘भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुनै कन्ट्रोल प्लान छ? कहीँ केही छैन त। कुरा गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन। भ्रष्टाचार के गरी नियन्त्रण हुन्छ? कसरी नियन्त्रण गर्ने हो? त्यस विषयमा अध्ययन गरेर एक्शनप्लान अगाडि आउन आवश्यक छ,’ यादवले भने,‘बजेट निर्माणमा अर्थमन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी देखिन्छ।’ 

यस्तै, यादवले बजेटले भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्नेगरी आउनुपर्नेमा त्यस्तो हुन नसकेमा आक्रोश व्यक्त गरेका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको आरोप लगाएका छन्। 

यस्तै, सत्तापक्षीय कांग्रेसका सांसद दिलेन्द्र बडूले सरकारले प्रस्तुत गरेको बजेटले समयको अनुशासनामा बाँध्ने काम भए पनि अपेक्षित वृद्धि दर प्राप्त गर्न भने चुनौती रहने बताए। 

‘बजेट वक्तव्यले देशको आर्थिक अवस्थामा सुधार ल्याउन पुँजिगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न गरेको छ। बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोशिस भएको पनि भएको छ। सोही अनुरुपको कार्यनीति र कार्ययोजना पनि ल्याएको छ,’ पूर्व मन्त्री बडूले भने, ‘बजेटले आर्थिक वर्षको पहिलो तीन महिना सबै प्रशासनिक काम सक्ने र मंसिरदेखि फिल्डमा काम देखाउने भनिएको छ। तर, त्यो कार्यन्वयनमा गएर अपेक्षीत लक्ष्य हाँसिल गर्नेमा भने चुनौती रहनसक्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

सांसद बडूले दोहोरो कार्यक्षेत्र परेका निकायहरुलाई कटौती गर्नु पनि राम्रो रहेको बताएका छन्।

यता एमाले सांसद रघुविर महासेठले फाष्टट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत् बजेट पठाउनुपर्ने बताएका छन्। यस्तै, सांसद महासेठले भौतिक मन्त्रालयमार्फत् हुने कार्यक्रमले सरकारले सोचेको अनुरुपको काम पनि नहुने र लक्षित वृद्धिदर प्राप्त नहुने दाबी गरेका छन्। 

‘भौतिक पूर्वाधार मन्त्रालयको कुनै रोल हुँदैन। हेर्न पाउँछ तर गलत सही टिकाटिप्पणी गर्न पाउँदैन। भौतिक मन्त्रालयभित्र राखिएका फाष्टट्रयाक सम्बन्धी जति बजेट छ, त्यो रक्षा मन्त्रालयमा पठाइयोस्। जब भौतिक मन्त्रालयको त्यहाँ रोल नै हुँदैन, भौतिक मन्त्रालयमा किन पैसा पठाउनुपर्‍यो? र म फेरि पनि भन्छु, सेनाले बनाउन सक्छ कि सक्दैन? त्यसमा पनि सत्तापक्ष, प्रतिपक्ष बसेर छलफल होस्।’

यस्तै, सांसद महासेठले सार्वजनिक खरिद ऐनको संशोधन गर्नुपर्ने बताएका छन्। यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सांसद सुमना श्रेष्ठले चालू आर्थिक वर्षमा सरकारले लिएको कर नीतिका कारण गरिबहरु झन् गरिबीमा जाने बताएकी छन्। 

छलफलमा सहभागी सांसद श्रेष्ठले आलु र प्याजजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लिने सरकारको नीतिले गरिबलाई झन् गरिब बनाउने बताइन्। 

‘दूध बेच्ने किसानले पनि तरकारी किनेर खानुपर्छ,’ सांसद श्रेष्ठले भनिन्, ‘त्यसैले यो निर्णयले सरासर मार कसैलाई पर्छ भने किसानलाई नै हो।’

यस्तै, सांसद श्रेष्ठले सरकारले ल्याएको बजेट पास भएपछि आलु, प्याजजस्ता तरकारी १३ प्रतिशतले महंगो हुने भएकाले यो लागू हुन नदिने चेतावनी दिइन्। सांसद श्रेष्ठले अर्थमन्त्रीले आफूले लक्ष्य राखेकोजति राजस्व उठाउन जे पनि गरेको भन्दै उनले अर्को वर्षदेखि श्वासमा पनि कर लिन सक्ने भन्दै आक्रोश पोखिन्।

‘अब त तपाईंले अर्को वर्ष श्वासमा पनि कर लाउनुहुन्छ। हरेक श्वासको कति मोल लिनुहुन्छ?’, उनले प्रश्न गरिन्। दलहरुले राजनीतिक मुद्दा उठाएर पटक–पटक संसद् अवरोध गरेको भन्दै सांसद श्रेष्ठले अब आफूहरु नागरिकको मुद्दा उठाएर संसद् अवरोध गर्ने बताइन्।

‘यो सदन पटक–पटक राजनीतिक हिसाबले रोकिएको छ। जनताको लागि अब हामी रोक्छौं। गरिबहरुलाई बढी कर लगाउने, यो स्वीकार्य छैन’,  सांसद् श्रेष्ठले भनिन्।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो
सम्बन्धित सामग्री
संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयकाे सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणसँग राय तथा सुझा... शुक्रबार, जेठ ८, २०८३
जति नै शक्तिशाली र लोकप्रिय भए पनि प्रधानमन्त्री नियममा बाँधिनुपर्छ : गगन थापा कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनु... शुक्रबार, जेठ ८, २०८३
स्वास्थ्य बीमा प्रणाली पुनर्संरचना गर्ने तयारी, आगामी बजेटबाट नयाँ मोडालिटी ल्याइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यक्रमलाई अहिलेको स्वरूपमा दीर्घकालीन रूपमा सञ्चालन गर्न कठिन भइरहेको उल्लेख गर्दै यसको संरचनाग... शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो शुक्रबार, जेठ ८, २०८३
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित शुक्रबार, जेठ ८, २०८३
सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार करिब ४ अर्ब माथि शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्