मन्त्रिपरिषद् बैठक (फाइल तस्बिर)
काठमाडौं– सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को विदेश भ्रमण स्वीकृत गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बालेनको बेल्जियम भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
काठमाडौं महानगरका मेयर शाह ‘मेट्रो पोलिस वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’मा सहभागी हुन बेल्जियम ब्रसेल्स जाँदैछन्।
मन्त्रिपरिषद्को बैकले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ। मन्त्रिपरिषद्को बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय समेत गरेको छ।
बैठकले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ।
सञ्चारमन्त्री शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडलाई आयोजनाको टावर राइट अफ वेका लागि रसुवा र नुवाकोट जिल्लामा रहेका राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृत दिने निर्णय समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।