काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा आधारित कम्पनीलाई १० प्रतिशत आयकर लगाएपछि साधारण किसानले ऋण तिर्न नसक्ने र कृषि डामाडोल हुने बताएका छन्।
करको दर हेरफेर प्रकरणमा एक पूर्वनासुको संग्लनता भएको समाचार सार्वजनिक भएपछि प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘कृषिमा आधारित कम्पनीलाई १० प्रतिशत आयकर लगाएपछि साधारण किसानले ऋण लिन्छ भने कम्पनी दर्ता गरेको हुनुपर्छ। अब त कृषि डामाडोल हुने देखिन्छ। गत वर्ष कृषिको आर्थिक वृद्धिदर ८ प्रतिशत थियो, अहिले २ प्रतिशत छ। गत वर्षको तुलनामा २५ प्रतिशत नि पुग्दैन,’ उनले भने।
उत्पादन, उत्पादकत्व वृद्धि के भयो? आयात निर्यात के भएको छ? कर कति उठ्यो? त्यस बेलामा करका दरका लागि हामीले सजग हुन भनेका थियौँ,’ उनी प्रश्न गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।