काठमाडौं– स्वतन्त्र सांसद अमेरश कुमार सिंहले बजेट निर्माण प्रकरणमा करको दर हेरफेर प्रकरणको छानबिन संसदीय समिति गठन गरेर गर्नु पर्ने माग गरेका छन्।
बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिहरु पसको भन्दै प्रश्न उठेपछि प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद सिंहले उक्त माग गरेका हुन्।
‘१०० किलोवाट भन्दा कम क्षमता भएको (विद्युतीय) सवारी त कम पैसा हुनेले चढ्ने हो नि। त्यसमा बढी भन्सार लाग्ने। ३००–४०० किलोवाटमा कसरी कम कर लाग्ने? यसको औचित्य देखिँदैन। यसको लागि सर्वदलीय संसदीय छानबिन समिति गठन होस्। त्यसमार्फत् तथ्य अगाडि आउनु पर्छ। समिति गठन हुँदैन भने त्यसमा हाम्रो सहमति हुँदैन तबसम्म यो प्रक्रियालाई अगाडि बढाउन दिँदैनौं,’ सांसद सिंहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।