काठमाडौं– बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिन थालेका छन्।
प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी दलहरुको मागअनुसार अर्थमन्त्री महतले बजेट निर्माणको सन्दर्भमा जवाफ दिन लागेका हुन्।
संसद्मा जवाफ दिने क्रममा अर्थमन्त्री महतले ‘इमान्दार भएर काम गर्दा कति कठिन हुने रहेछ’ भन्दै आफूले कुनै पनि प्रभावबाट मुक्त भएर, पारदर्शी ढंगबाट काम गरेको दाबी गरेका छन्।
‘एउटा पत्रिकाले एउटा न्युज पटकपटक दोहोर्याउँछ। त्यसलाई हामी सत्य ठान्दछौँ। तर वास्तविकता के हो भने यति पारदर्शी ढंगबाट कुनै पनि प्रभावबाट मुक्त भएर मैले काम गरेको छु,’ अर्थमन्त्री महतले भने।
उनले आफू अर्थमन्त्री हुने दिनदेखि नै कुनै पनि खाले प्रभावबाट मुक्त भएर काम गर्ने भन्ने प्रतिबद्धताका साथ अफिसमा पसेको बताए। ‘त्यो प्रतिबद्धता बजेट निर्माणका बेलामा पनि पालना गरेको छु। भोलि पनि म यो पदमा रहेसम्म, जिम्मेवारीमा रहेसम्म जिम्मेवारीलाई कर्तव्यनिष्ठताका साथ पूरा गर्दछु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।