काठमाडौं– बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिले करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्रीको जवाफ माग गरेको छ। अर्थमन्त्रीले जवाफ दिँदा चित्त नबुझे संसदीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने धारणा एमालेले अघि सारेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उक्त माग गरेका छन्।
‘यो यथार्थ के हो माननीय अर्थमन्त्रीले रोस्ट्रममा आएर चित्त बुझ्ने गरी जवाफ दिनु पर्यो। हामीलाई चित्त बुझेन भने संसदीय छानबिन समिति बनाएर यसलाई छानबिन गर्नुपर्छ,’ प्रमुख सचेतक गिरीले भने।
बजेट वक्तव्य घोषणा गर्नु पूर्व सीमित व्यपारीलाई फाइदा हुने गरी विद्युतीय सवारी भित्र्याइएर करको दर हेरफेर गरेको समचारहरु सार्वजनिक भएसँगै मंगलबारको प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।