काठमाडौं– प्रतिनिधि सभाको बैठक अहिले जारी छ। बजेट लेखनमा पूर्वनासुको संलग्नताको विषयमा विपक्षी पार्टीहरुले प्रतिनिधि सभा बैठक अवरोध गर्ने भएपछि प्रतिनिधि सभा बैठक नै सरेको थियो।
पहिले मंगलबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठकको समय सारेर दिउँसो साढे १ बजेका लागि तय गरिएको थियो।
बैठकमा एमालेसहित विपक्षी दलहरुले बजेट निर्माणमा असम्बन्धित व्यक्तिको संलग्नताको विषयमा सरकारको जवाफ माग गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।