काठमाडौं– संघीय संसद अन्तर्गत मंगलबार दुवै सदनको बैठक बस्दैछ।
बैठक बिहान ११ बजेबाट सुरु हुनेछ। प्रतिनिधि सभामा मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत बजेटमाथि सांसदहरुले आफ्ना धारणा राख्नेछन्।
यस्तै राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ। साथै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरुले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।