काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ३ नेपाली राजदूतलाई थप देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले कैलाशराज पोखरेललाई पपुवा न्यूगिनी, निर्मलराज काफ्लेलाई कोलम्बिया र प्रा डा रामस्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई थप जिम्मेवारी दिएको जनाएको छ। अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल, ब्राजिलका लागि निर्मलराज काफ्ले र डेनमार्कका लागि प्रा डा रामस्वार्थ राय आवासीय राजदूत हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।