काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताएका छन्।
सोमबार संसद् बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संसद् राजनीतिक थलो भएको र संसद्मा विभिन्न विचारधाराका पार्टी र नेताहरु एक ठाउँमा छलफल गर्ने थलो भएकाले अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको दाबी गरे।
उनले भने, ‘संसद भनेको राजनीतिक थलो हो, फरक फरक राजनीतिक विचार भएका राजनीतिक दलहरु र मानिसहरुको एकै ठाउँमा बसेर छलफल गर्ने थलो भएकाले विभिन्न विषयमा फरक फरक धारणा हुन्छन्, फरक फरक धारणाकाबीचमा उत्पन्न हुने गर्छन्, यस्तो वातावरण कहिले बन्छ। संसद अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लजानुपर्छ। तर संसद अवरुद्ध हुनेकुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।