काठमाडौं– नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसद्मा निरीह भएको बताएका छन्।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बनेको बताए।
प्रधानमन्त्रीले नागरिकता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको उनको भनाइ छ। उनले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसद्मा कुतर्क प्रस्तुत गरिरहेको भन्दै विरोध जनाए।
उनले प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने पनि बताए। सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई विवादित गराएको आरोपसमेत लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।