काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो भएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीमाथि प्रश्न सोध्ने उनले यस्तो दाबी गरेका हुन्।
उनले प्रधानमन्त्रीले शीर ठाडो गर्ने गरी भ्रमण नगरेको दाबी गरे। ओलीले मन्त्रीहरुलाई छोडेर छोरीलाई प्राथमिकतामा राखेको टिप्पणी गर्दै अर्थमन्त्री, परराष्ट्र मन्त्री र अरु मन्त्री कता हो केही थाहा नभएको र भद्रगोल भएको आरोप उनले लगाए।
‘प्रधानमन्त्रीको भारत भ्रमण फितलो रह्यो। नेपालको संसदले सर्वसम्मतले संविधान संशोधन गर्दै चुच्चे नक्सा पारित गरेको हो,’ उनले भने, ‘यो कुरा शिर ठाडो राखेर प्रधानमन्त्रीले राख्न सक्नुभएन।’
उनले कालपानी र लिपुलेक लगायतका भूमि सदर भइसकेको दाबी गर्दै इतिहास र विश्वमा भएका नक्साकै कारण यो सदर भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।