काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले पारवहनको बाटो सट्टापट्टाको विषय नरहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता समेत रहेका ओलीले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको क्रममा सञ्चारकर्मीहरुसँग कालापानीको सट्टामा बंगलादेशसँगसम्मको बाटोसँग साट्न सकिने बताएका थिए।
‘बंगलादेशको बाटोसँग, लिम्पियाधुरा-लिपुलेक साट्ने कुरा आएका छन्। म के सम्झाउन चाहन्छु भने बंगलादेश जाने बाटो अथवा पारवहनको बाटो सट्टापट्टाको विषय होइन। त्यो अधिकारको विषय हो,’ ओलीले भने,‘यो सट्टापट्टाको विषय हुन सक्दैन।’
अध्यक्ष ओलीले प्रधानमन्त्रीकै कारण परिस्थिति तरंगित भएको पनि बताएका छन्।‘देश उत्साही हुनुपर्नेमा देश तरङ्गित हुनुपर्ने कारण बनेको छ प्रधानमन्त्रीको भारत भ्रमण। यसले देशलाई तरङ्गित बनाएको छ। एउटा अविश्वासको, आशंकाको स्थिति बनाएको छ। यो खासमा प्रधानमन्त्रीज्यूकै अभिव्यक्तिले। उहाँले बोलेका भिडियो छँदैछन्,’ ओलीले भने।
अध्यक्ष ओलीले यो विषय पहिले नै टुङ्गिएको र नेपालले सहज रुपमा पारवहनको बाटो पाउने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।