काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको क्रममा हिन्दू राष्ट्रको बारेमा एक शब्द पनि उचारण नभएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेको सवालको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन्।
‘न राजाको विषयमा एक शब्द उचारण भयो। न हिन्दू राष्ट्रको बारेमा एक शब्द उचारण भयो। कहीँ कतै कसैले पनि उचारण गरेन। हामी त्यसमा प्रवेशै गरनौं,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।