काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणमा अपमानित भएको महसुस नगरेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन्।
‘हामी टिममा मन्त्रीज्यूहरु, मुख्यसचिव, सचिवहरु जो थियौं, सबै उत्साही भएर आएको स्थिति हो। धेरै राम्रो भयो भन्ने भावसहित आएका छौँ। अपमानित भएको हामीले महसुस गरेनौं। त्यसकारण यसमा पनि हामीले चिन्ता लिनु पर्ने कुरा छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।