काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी दिन रोस्ट्रममा पुगेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खोजी गरे। प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि खोजी गरे।
‘संसद् बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि प्रमुख प्रतिपक्ष दलको नेता र सत्ता गठबन्धनको नेता पनि उपस्थित हुने चलन थियो। सत्ता गठबन्धन र दुवै नहुँदा नमिठो महसुस भएको छ,’ उनले भने, ‘हिजोदेखि सदनमा उठेका केही विषयहरु छन्। भर्खरै मात्र केही आएको छ। यसलाई स्पष्ट पार्ने उद्देश्यका साथ उपस्थित भएको छु।’
प्रधानमन्त्रीले नाम लिएको केही बेरमै एमाले अध्यक्ष ओली संसदमा पुगेका थिए। प्रमुख प्रतिपक्षी दलको नेता ओली पुगेपछि प्रधानमन्त्रीले खुसी व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।