काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्याका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्पष्ट रुपमा पहिलो पटक बोलेको दाबी गरेका छन्। प्रतिनिधि सभा बैठकलाई आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै उनले मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपाल भारतका बीचमा देखिएको सीमा विवाद समाधान गर्ने बताएको भन्दै अब यसलाई कूटनीतिक रुपमा समाधान गर्ने बताए।
‘सीमा समस्यामा गम्भीरतापूर्वक कुरा भएको छ। संयन्त्रले यसलाई टुंग्याउने छ, ’ प्रचण्डले भने, ‘प्रधानमन्त्री मोदीले पत्रकार सम्मेलनमा सीमा समस्या समाधान गरिने स्पष्ट रुपमा पहिलो पटक भन्नुभएको छ।’
कूटनीतिक संयन्त्रमार्फत यसको समाधान गरिने बताए। प्रतिनिधि सभाको बैठकमा भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेपछि वर्षौंदेखि यो विषय मिल्न सकेको छैन। कालापानी, लिपुलेक, सुस्ता लगायतका स्थानमा भारतीय पक्षसँग सीमा विवाद जारी रहेको छ। सीमा विवाद आएपछि भारतले हरेक पटक कुनै न कुनै वहानामा पन्छाउने गरेको छ।
भारतले विदेश मन्त्री र विदेश सचिवस्तरीय संयन्त्रमार्फत मात्र समाधान गर्ने भन्दै आएको छ। तर उक्त समितिले ठोस निर्णय गर्न नसकेपछि उच्च राजनीतिक तहमा हुनुपर्ने भन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।