काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर परियोजना तीन महिनाभित्र डीपीआर तयार हुने दाबी गरेका छन्। उनले सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जवाफ दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी भएको जानकारी संसदलाई गराए।
प्रधानमन्त्री प्रचण्डले यस विषयमा एक वर्षभित्र कार्यविधि पनि तयार हुने बताए। करिब १६ वर्षदेखि अलमल हुँदै आएको पञ्चेश्वर अब अघि बढ्ने उनले दाबी गरे। उनले एक वर्षभित्र कार्यविधिको ढाँचा बन्ने अनि त्यही आधारमा यो परियोजना अघि बढ्ने र भारतीय एक्जिम बैंकले उक्त आयोजनामा लगानी गर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले टनकपुर ब्यारेजमार्फत नेपाललाई सिंचाइका लागि पानी उपलब्ध गराउने सहमति भएको पनि बताए। उनले बाढी नियन्त्रणदेखि सुदूरपश्चिमलाई व्यापारको सहजीकरणका लागि अनुदानमा पुल पनि निर्माण गर्ने सहमति भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।