काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका छन्। प्रतिनिधि सभाको सोमबारको वैठकमा बोल्दै उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट र छलफलमा धेरै उपलव्धि भएको दाबी गरे।
उनले रेल, हवाइ रुट, जलविद्युत्को सहकार्यमा बलियो सहमति भएको दाबी गरे। उनले नेपालबाट भारततर्फ दीर्घकालीन उर्जाको व्यापारमा दिर्घकालिन सहमति भएको भन्दै यो महत्त्वपूर्ण भएको दाबी गरे। त्यस्तै बंगलादेशसँग बिजुली बिक्री गर्ने सहमति नेपालका लागि नयाँ व्यापारको बाटो खोल्ने उनले बताए।
उनले भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने भनेर गरेको सहमतिले नेपालमा लगानी गर्न सहज हुने उनले दाबी गरे।
उनले २५ वर्षका लागि हुने सहमतिले नेपाललाई लागनी गर्ने बाटो खोल्ने उनले बताए। यसले भारतीय व्यपारीहरु लगानी गर्न आकर्षित हुने उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।