काठमाडौं- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले कालापानी र लिपुलेकसँग अन्य भूमि साट्न नसकिने बताएका छन्। सोमबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले संसदमा एमालेको अवरोध कायमै रहेको भन्दै भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको जवाफ माग गरे। प्रधानमन्त्रीले बंगलादेशसँग समुद्रलाई जोड्ने भूमि साट्न सकिने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको प्रमुख प्रतिपक्षले आलोचना गर्दै आएका छन्।
सट्टा भर्ना गर्ने सन्दर्भमा हामी जमिन बेच्न सक्दैनौं। यदि लम्पसारवाद आउँछ भने नेकपा एमाले त्यसविरुद्ध उभिन्छ। नेकपा एमालेको विरोध कायम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।