काठमाडौं– सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार सार्वजनिक महत्त्वको विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा जानकारी दिने कार्यसूची छ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलहरुले उठाएका विषयबारे प्रधानमन्त्रीले जवाफ दिनेछन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेसहित विपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाएका थिए।
एमालेसहित विपक्षी दलको अवरोधका कारण आइतबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक स्थगित भएको थियो।
सोमबार बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।