फाइल तस्बिर
काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा देखिएको अवरोध अन्त्य गर्नका लागि पहल थालेका छन्।
सभामुख घिमिरले सदनको अवरोध खुलाउन बानेश्वरमा सबै दलकाा प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा सुरुमै प्रष्टीकरण राख्ने जानकारी दिएपछि सभामुखले सबै दलका सचेतकलाई बोलाएका हुन्।
आइतबार सुरु भएको संसद बैठकमा प्रतिपक्ष दलहरूले अवरोध गरेका थिए। सरकारले नागरिकता विधेयक पास गर्नका लागि मन्त्रीपरिषद्बाट सिफारिस गर्ने अनि राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गरेपछि एमाले, रास्वपा र राप्रपाले अवरोध गरेका हुन्।
अघिल्लो संसदले पास गरेको नागरिकता विधेयक अहिले आएर पारित गर्नु गलत भएको उनीहरूको तर्क छ। नयाँ जनादेश आएपछि संसदमा पेश गर्दै छलफल गरेर पारित गर्नुपर्नेमा सरकारले पुरानै विधेयक प्रमाणिकरणलाई राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उनीहरुले विरोध गरेका हुन्।
प्रधानमान्त्रीले सोमबारको बैठकमा उक्त विधेयकमा आफ्ना राख्ने र भारत भ्रमणका बारेमा पनि जानकारी दिने तयारी गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।