काठमाडौं- कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। आइतबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ लाई नागरिक स्वास्थ्य परीक्षण वर्षको रुपमा लिइने उल्लेख छ। 'यसका लागि स्थानीय र संघीय तहका अस्पताल तथा स्वास्थ्य संस्था र विकास साझेदार समेतको सहकार्यमा नागरिकको स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिनेछ', भनिएको छ।
त्यस्तै, कर्णाली सार्वजनिक शिक्षा सुधार अभियान मार्फत् सामुदायिक विद्यालयको प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला, इ-लर्निङ तथा विद्यालय व्यवस्थापन प्रणाली स्थापना गरी दक्ष, सीपयुक्त र नैतिकवान जनशक्ति उत्पादन गर्न एक जिल्ला एक नमुना विद्यालय निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै, कर्णाली प्रदेशमा निजी क्षेत्रको लगानीलाई आकर्षिक गर्न सम्बद्ध निकायसँग समन्वयन गरी लगानी सम्मेलन गरिने उल्लेख छ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।