फाइल फोटो
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसद्मा भएको अवरोध हट्ने बताएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हट्ने बताएका हुन्।
उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ।’
आइतबार बिहान बसेको बैठक एमाले लगायतका दलको अवरोधपछि एक घण्टाका लागि स्थगित भएको थियो। तर दोस्रो बैठक बस्नै सकेन। अब अर्को बैठक सोमबारका लागि आह्वान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।