काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागेसम्म संसद् चल्न नदिने बताएको छ। आइतबार प्रतिनिधि सभा बैठकको सुरुमै उठेर विरोध जनाएको एमालेले भारत भ्रमणका क्रममा दिएका अभिव्यक्तिका सन्दर्भमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरेको हो।
सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए।
गिरीले समुद्रसँग पहुँच पाउने भूपरिवेष्ठित राष्ट्रको अधिकार भए पनि बंगलादेशसँगको पहुँचका लागि उत्तर–पश्चिमी क्षेत्र कालापानी, लिपुलेक भारतलाई दिन सकिने आशयका साथ प्रधानमन्त्रीले अभिव्यक्ति दिएको गिरीले उल्लेख गरे। उक्त अभिव्यक्तिका सन्दर्भमा प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने गिरीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।