काठमाडौं– राप्रपाले अत्यन्त जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न भन्दै आइतबारको प्रतिनिधि सभा बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव गरेको छ।
प्रतिनिधि सभा नियमावली २०७९ को नियम ७४ मा ‘अत्यन्त जरुरी सार्वजनिक महत्त्वको कुनै विषयमाथि छलफल गर्न कुनै सदस्यले बैठकको कार्यक्रम स्थगित गरियोस् भन्ने प्रस्ताव सभामुखको अनुमतिले पेश गर्न सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रस्तावमा गरेको पत्रमा भनिएको छ‚ ‘सम्माननीय राष्ट्रपतिज्यूले नीति र नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण र सम्माननीय प्रधानमन्त्रीज्यूले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेकको भन्ने कुरा उठेको हुँदा सम्बन्धित विषयको छलफल नगरी संसद् नियमित रुपमा अगाडि नबढ्ने हुँदा निर्धारित सबै कार्यक्रम स्थगित गरियोस्।’
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणका कतिपय विषयमाथि पनि आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।