पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गर्दैछ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।
सचिवालयका प्रवक्ता प्रेम सुवेदीले नीति तथा कार्यक्रम सार्वजनिकीकरणका लागि सबै तयारी पूरा भएको बताए। सरकारले यही जेठ १२ गते विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेको थियो।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि यही जेठ १५ र १६ गते बसेको प्रदेश सभा बैठकमा छलफल भएको थियो। प्रदेश सरकारले अगामी असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बजेट आउनुपूर्व सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।