काठमाडौं– चार दिने भ्रमणका लागि भारत गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रमण सकेर नेपाल फिर्ता भएका छन्। उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि उडान भर्दै छन्।
उनी ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्। प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी हुन्।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए। भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।